कैलालीको मोहन्याल गाउँपालिकामा अख्तियारको छापा

कैलालीको मोहन्याल गाउँपालिकामा अख्तियारको छापा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारेको छ । गाउँपालिकाबाट आर्थिक अनियमितता भए, गरेको उजुरी परेपछि शुक्रबार टोली नै पठाएर अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयले जनाएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको विभिन्न विकास निर्माण आयोजनामा आर्थिक अनियमितता भएको भन्ने प्राप्त सूचना तथा उजुरीका आधारमा अनुसन्धान टोली पठाइएको अख्तियार कार्यालय कञ्चनपुरका सूचना अधिकारी शाखा अधिकृत हरिशचन्द्र जोशीले जानकारी दिए ।