नेपालमा ५९६ कोरोना संक्रमित थपिए, १० को मृत्यु

नेपालमा ५९६ कोरोना संक्रमित थपिए, १० को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार २३७ जनाको पीसीआर परीक्षणमा ५६५ र ३ हजार १६७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।