भारतसँग हारे पनि फाइनल पुग्ने नेपालको सम्भावना कायमै

धनगढी खबर    

भारतसँग हारे पनि फाइनल पुग्ने नेपालको सम्भावना कायमै

साफ च्याम्पियनसिप फुटबलमा गएरातिको खेलमा नेपाल पराजित भए पनि फाइनलमा पुग्ने सम्भावना भने कायमै छ । अब बङ्गलादेशसँग हुने खेलमा नेपालले एक अङ्क बटुल्न सके पनि त्यो फाइनल पुग्नका लागि पर्याप्त हुनेछ ।

पर्सि बुधवार बङ्गलादेशसँगको खेल नेपालका लागि 'गर या मर' को हुनेछ । बङ्गलादेशसँग हारेमा नेपाल बाहिरिने छ ।  नेपाल र बङ्गलादेशको खेल पर्सि दिउँसो पौने ५ बजे हुनेछ । यदि खेल बराबरी भएमा भने नेपाल ७ अङ्कका साथ फाइनलमा प्रवेश गर्नेछ ।

जित्ने टोली ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अब सम्पूर्ण ध्यान बङ्गलादेशको खेलमा केन्द्रित गर्ने बताएका छन् । गएराति भारतसँग १–० गोल अन्तरले पराजित भएसँगै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा धकेलिएको छ ।

प्रतियोगितामा पहिलो हार बेहाेरेकाे नेपाल ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा झरेको छ । ६ अङ्क जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै ३ खेलमा ५ अङ्क जोडेको भारत तेस्रो स्थानमा पुगेको छ ।

यस्तै, बङ्गलादेश ३ खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा छ । साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेकोमा श्रीलङ्का भने बाहिरिइसकेको छ ।

 



सोमबार २५, असोज २०७८ १०:५० मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस