मनसुन बाहिरिए सँगै दशैँमा पानी पर्ने सम्भावना कम

फूलपातीदेखि टीकाको दिनसम्म पानी पर्ने सम्भावना कम

धनगढी खबर    

मनसुन बाहिरिए सँगै  दशैँमा पानी पर्ने सम्भावना कम

दशैँ अवधिभरको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

नेपालबाट यो वर्षको मनसुन बाहिरिसकेको र पानी पार्ने प्रणाली तत्काल नदेखिएकाले आज फूलपातीदेखि टीकाको दिनसम्म पानी पर्ने सम्भावना खासै नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि टीकाको दिनसम्म मौसम सामान्य मात्रै बद्ली हुनेछ । झरी पर्ने र ठूलो पानी पर्ने सम्भावना छैन। 

पानी परिहाले पनि देशको थोरै ठाउँमा फाट्टफुट्ट, क्षणिक रुपमा मात्रै पानी पर्ने सम्भावना छ ।  दशैँपछि भने भारतमा नयाँ प्रणाली विकसित हुन लागेकाले त्यसको असरले नेपालमा पनि पानी पर्न सक्ने उहाँले बताउनुभयो ।

यसैबीच आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मौसम आंशिक बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने सम्भावना छ ।   



मङ्गलबार २६, असोज २०७८ ०९:१३ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस