मध्य भोटेकोशीको आईपीओमा माग भन्दा चार गुणा बढी आवेदन

मध्य भोटेकोशीको आईपीओमा माग भन्दा चार गुणा बढी आवेदन

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमाका लागि माग गरिएको भन्दा ४.१९ गुणा बढी आवेदन परेको छ । 

आईपीओका लागि आवेदन दिने अन्तिम दिन सोमबार बेलुका पाँच बजेसम्म  ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन परेको हो । 

आईपीओका लागि २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट  आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 
 

कम्पनीले असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । 
 
रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउछ । केयरले २०७७ मंसिर १८ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद आगामी मंसिर १७ गते सकिनेछ ।