बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

बैतडी । बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा सिगास गाउँपालिका वडा नम्बर २ का अन्दाजी ४५ वर्षीय नरबिर सिंह धामी रहेका छन् ।

 सोमबार नजिकैको ठूलागोदा वनमा दाउरा ल्याउन गएका धामीको बेलुकीतिर लडेर मृत्यु भएको आफन्त लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो । धामी बिहानै दाउरा लिन वन गएका तथा बेलुकी सम्म पनि नफर्कँदा आफूहरूले खोजतलास गर्ने क्रममा मङ्गलवार बिहान मृत अवस्थामा भेटेको उनले बताए । मृतक धामी भीरबाट करिब ४०० मिटर तल खसेका थिए । 

धामीकी  पत्नीको पनि भिर बाटै लडेर मृत्यु भएको थियो ।