कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–३ मा रहेको सुशनदीप आइस एण्ड कोल्ड स्टोरेज प्रालि सुडामा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका हुन्। 

राति ड्युटी गरिरहेका भीमदत्त नगरपालिका लालपुर बस्ने ६० वर्षीय हिरानन्द भट्ट मंगलबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। भट्ट त्यहाँका चौकीदारको रुपमा कार्यरत थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ। 

यस्तै मृतकका आफन्तले कोल्ड स्टोका सञ्चालकसँग क्षतिपूर्तिको माग गरेका छन्। कोल्ड स्टोरका सञ्चालक दिवान चन्दले क्षतिपूर्ति दिन नमानेपछि अहिले आफन्तले कोल्ड स्टोर घेराउ गरेका छन्। तुरुत्नै क्षतिपूर्ति नदिए कोल्ड स्टोरमा तालबन्दी गर्ने चेतावनी उनीहरुले दिएका छन्।