बिदामा पनि जनताको काममा आफै सक्रिय मन्त्री जोशी, कोभिड प्रभावित बझाङकी महिलाको हेलिकप्टरद्वारा उद्धार

बिदामा पनि जनताको काममा आफै सक्रिय मन्त्री जोशी, कोभिड प्रभावित बझाङकी महिलाको हेलिकप्टरद्वारा उद्धार

धनगढी । आज फूलपाती, सरकारी कार्यालयहरु सबै सुनसान छन । तर, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोभिड संक्रमितको उपचारमा सहजता ल्याउन सक्रिय रहेको छ ।

मंगलबार विहान मन्त्रालयकी मन्त्री पूर्णा जोशीकोमा फोन बज्यो । उनले फोन उठाउँदा कैलाली जिल्ला अदालतमा कार्यरत कोभिडबाट प्रभावित बझाङकी ३५ वर्षिय महिलाको उद्दारका लागि आफन्तले आग्रह गरे । 

मन्त्री जोशीले फोन उठाएपछि २२ गतेदेखि भर्ना भएकी उनको अवस्था जटिल भएको गुनासो आयो । मन्त्री जोशी कोभिडजोखिम नियन्त्रण तथा व्यवस्थापन समितिकी संयोजक हुन । 

मन्त्री जोशीले भनिन , ‘ श्री एयरलाईन्सको हेलिकप्टर संग कुराकानी गरी संक्रमितलाई धनगढीदेखि काठमाडौं पठाएको छु ।’ मन्त्री जोशीले महामारी र विपदको समयमा जनताको सहयोगका लागि सक्रिय रहेको बताइन । उनले भनिन –‘दशैंतिहारभन्दा पनि आम नागरिकको सेवा र उद्दारका लागि मन्त्रालय सक्रिय रहेको छ ।’

महिलाको उद्दार
बझाङको बुंगलकी ३५ वर्षिय महिलाको हेलिकोप्टरबाट उद्दार गरिएको छ । कोभिड संक्रमणबाट जटिल बन्दै गएकी उनको मंगलबार हेलिकोप्टरबाट उद्दार गरिएको हो ।

कोभिड १९ जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोषबाट महिलाको श्री एयरलाईन्सबाट उद्दार गरिएको मन्त्री जोशीले बताइन ।