बैतडीको पुर्चौडी नगरपालिकामा नेकपा माओवादी केन्द्रद्धरा दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान

बैतडीको पुर्चौडी नगरपालिकामा नेकपा माओवादी केन्द्रद्धरा दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान

बैतडी ।  बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल कम्युनिस्ट पाटी ( माओवादी ) केन्द्र को दसैँ तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । 

नेकपा माओवादी केन्द्र नगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नगर कमिटी अध्यक्ष आनन्द सिंह धामीको प्रमुख आतिथ्यमा नगर प्रमुख रण बहादुर कुवर र विक्रम कुवर (प्रतीक )को विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

कार्यक्रममा प्रमुख अतिथि आनद सिंह धामिले उपस्थित सबैलाई दसैँ तिहारको शुभकामना दिँदै असत्य र अन्यायको लडाइँमा न्यायको जित भएको दिनलाई दशमीका रूपमा मनाउने हुँदा यस पर्वले महिलाको शक्तिलाई देखाएको बताए । 

उनले जीवन , घरपरिवार र समाजलाई जोड्ने आफ्नो कला , संस्कृति , भेसभुसालाई कहिले भुल्न नहुने बताए ।उनले आफ्नो इतिहासलाई भूलेमा सबै कुरा नष्ट हुने भएकाले इतिहास जोगाइराख्न सबैले लाग्नुपर्ने बताए । 

No description available.

पछिल्लो समय दसैँ तिहार जस्ता महान् चार्डलाई हेर्ने दृष्टिकोण पनि फरक हुँदै यसलाई नकारात्मक र सकारात्मक रूपमा हेर्न थालिएको बताए । आफूहरू अहिले पनि समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात् गर्दै अगाडी बढिरहेको बताए यस्तै कार्यक्रममा नेपाली काँग्रेस र एकीकृत समाजवादी का प्रतिनिधि हरूको सहभागिता रहेको थियो ।