मंगलबार सेती प्रयोगशालामा १० जनामा कोरोना पुष्टि, एकको मृत्यु

मंगलबार सेती प्रयोगशालामा  १० जनामा कोरोना पुष्टि, एकको मृत्यु

धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४० जनाको नमूना परिक्षण गरिएकोमा १०  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ । यस्तै अस्पतालमा ३ जना बिरामी भर्ना भएका छन् । 

यस्तै अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका  २ का ४० बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।