यी हुन्, दशैँमा पनि सेवा लिन सकिने सुदूरका बैंक

यी हुन्, दशैँमा पनि सेवा लिन सकिने सुदूरका बैंक

धनगढी ।  बैंकहरुले दशैँमा पनि सेवाग्राहीलाई सेवा–सुविधा दिने भएका छन् । बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन् ।

यसैबिच सुदूरपश्चिम प्रदेशमा पनि एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले दशैमा पनि सेवा दिने भएका  हुन् ।

एनआइसी एशिया बैंक बिहान ११ देखि दिउँसो २ बजेसम्म सेवा दिने छ भने राष्ट्रिय वाणिज्य बैंकले  बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिने जनाएको छ । 

एनआइसी एशिया बैंक :-

सप्तमी
धनगढी चौराहा, महेन्द्रनगर, बौलिया, टीकापुर, दार्चुला, डडेलधुरा

अष्टमी
धनगढी (हस्पिटल लाइन), महेन्द्रनगर अतरिया लम्की, जोशीपुर,

नवमी
धनगढी चौराहा, बेदकोट, धनगढी (हस्पिटल लाइन)

एकादशी
धनगढी चौराहा, धनगढी (हस्पिटल लाइन), अतरिया, महेन्द्रनगर, बेदकोट, चौमाला, बौनिया, टिकापुर, जोशीपुर, हसुलिया, लम्की करदाता विस्तारित काउन्टर, साफेबगर, डडेलधुरा

राष्ट्रिय वाणिज्य बैंक :-

असोज २६ मंगलबार
महेन्द्रनगर

असोज २७ बुधबार
धनगढी

असोज २८ बिहीबार
क्याम्पस रोड