मुगु बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २८ पुग्यो

धनगढी खबर    

मुगु बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २८ पुग्यो
फाइल तस्बिर

मुगु | मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ। २४ जनाको घटनास्थलमै र ४ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

घाइतेमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिंदै थियो। तीमध्ये ४ जनाको मृत्यु भएको अन्नपूर्ण संवाददाता जीवन सेजुवालले जानकारी दिएका छन्।

घाइते एकजना बालिकाको भने जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ। -अन्नपुर्णपोष्टबाट 



मङ्गलबार २६, असोज २०७८ ०५:४५ मा प्रकाशित

#मुगु बस दुर्घटना

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस