खानपानका कारण मानिसको अनुहार परिवर्तन भइरहेको अध्ययनको निष्कर्ष

खानपानका कारण मानिसको अनुहार परिवर्तन भइरहेको अध्ययनको निष्कर्ष

ज्ञानिकहरूका अनुसार, प्रोसेस्ड फूड खाइरहेका कारण मानिसहरूको अनुहार खुम्चिँदै गएको छ ।  पुरातत्त्वविद्हरूको एक अन्तर्राष्ट्रिय टोलीले मानव अनुहारको विकासक्रम हेर्दा एक लाख वर्षमा अनुहार बिस्तारै पातलिँदै गएको देखियो । 

निएन्डरथल र बाँदरहरूको निधार चुच्चे हुन्थ्यो अनि अनुहार चौडा र दाँत ठूलो हुन्थे । मानव विकासक्रममा खाना पकाउन शुरू गर्दा हाम्रो अनुहार सानो हुँदै गयो । हामीहरूलाई शक्तिशाली दाँत र गिजाको आवश्यकता कम हुन थाल्यो । 

योर्क र हाल विश्वविद्यालयहरूले पुराना अफ्रिकी मानवको अनुहारदेखि लिएर आधुनिक अनुहारको परिवर्तन हेरे । 

योर्क विश्वविद्यालयका प्राध्यापक पल भन्छन्, ‘अहिलेको नरम खानेकुराका कारण मानव अनुहारको आकार घटिरहेको छ । मानव अनुहार बदलिन सक्ने पनि एउटा सीमा छ । तर सास फेर्नका लागि नाकको प्वाल ठूलो हुनुपर्छ ।’

आफ्ना आँखीभौंबाट बढी अभिव्यक्ति दिनका लागि मानव अनुहारको विकास भएको पनि वैज्ञानिकहरूले बताएका छन् । शिकार युगबाट कृषियुगमा पुगेपछि मानिसहरू मकै र गहुँ उमार्न थाले र रोटी खान थाले अनि अनुहार साँघुरिँदै गयो ।

हामी आफ्नो अनुहारको मांसपेशीको संकुचन र सहजतामार्फत २० किसिमका भाव व्यक्त गर्न सक्छौं । हाम्रा पूर्वजहरू यसो गर्न सक्षम थिएनन् । उनीहरूको अनुहारको आकार र मांसपेशीका स्थिति फरक थिए ।