धनगढीको तारानगरमा रहेको मालिकार्जुन दार्चुला सेवा समितिको भवनमा योग केन्द्र सञ्चालन

धनगढीको तारानगरमा रहेको मालिकार्जुन दार्चुला सेवा समितिको भवनमा योग केन्द्र सञ्चालन

धनगढी । धनगढीको तारानगरमा रहेको मालिकार्जुन दार्चुला सेवा समितिको भवनमा योग केन्द्र सञ्चालन गरिएको छ। केन्द्रमा असोज १५ गतेदेखि दैनिक योगाभ्यास सुरु भएपनि फूलपातीको शुभ साइतमा योग केन्द्र औपाचारिक रुपमा सञ्चालन भएको हो।

मंगरबार बिहान एक कार्यक्रमका बीच पतञ्जलि योग समिति नेपालका प्रभारी लबदेव मिश्र, जिल्ला अध्यक्ष श्यामराज श्रेष्ठ, नगर प्रभारी धर्मराज कोइराला, प्रदेश सल्लाहकार गौरी नाथ, मदन ओझा र केशव भट्ट लगायत योग साधकहरुको उपस्थितिमा योग केन्द्र सञ्चालन गरिएको मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष इन्जिनियर महेन्द्रराज पन्तले बताए। 

योग केन्द्रमा विहान ५ वजेदेखि दैनिक योग साधना गरिने अध्यक्ष पन्तले जनाए। योग केन्द्र सञ्चालनको घोषणासँगै बडा दसैंको शुभकामना आदान प्रदान पनि गरिएको मालिकार्जुन दार्चुला सेवा समितिले जनाएको छ।