बैतडीमा वान टेस्ट ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, एक जना घाइते

बैतडीमा वान टेस्ट ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, एक जना घाइते

बैतडी  । बैतडीमा वान टेस्ट ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने  एक जना घाइते भएका छन् ।  

मगंलवार राति  गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर करिब १२ बजे दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दुर्घटना हुँदा जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको हो । 

मृतक योगेश नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष  सुरेन्द्र पालका छोरा हुन् । आफैले चलाएको ट्याक्टर दुर्घटनामा पर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोध राज ओझाले जानकारी दिनुभएको छ । 

यस्तै दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका रुपेश कोली रहेका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको पनि प्रवक्ता ओझाले बताए । ट्याक्टर सडकबाट निकै तल खसेको बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।