बैतडीको प्रसिद्ध निगंलाशैनी भगवती मन्दिरमा आज बली सहित मेला लाग्ने

बैतडीको प्रसिद्ध निगंलाशैनी भगवती मन्दिरमा आज बली सहित मेला लाग्ने

बैतडी । बैतडीको प्रसिद्ध निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौमा आज संयौ राँगा तथा बोकाहरूको बली सहित मेला लाग्ने लाग्दै छ । 

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन प्रत्येक वर्ष यहाँ भव्य मेला लाग्ने गर्दछ ।  सप्तमीकै दिनबाट मेला सुरु भए पनि आज भव्य मेला लाग्ने निंगलाशैनी धार्मिक सेवा समितिका अध्यक्ष मान बहादुर बोहराले जानकारी दिए ।
 
सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी बली दिइने यस मन्दिरमा मेला भर्नका लागी बैतडी सहित सुदूरपश्चिम का विभिन्न जिल्लाहरू र भारतको पिथौरागढबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् । 

 निंगलाशैनी भगवतीको मन्दिरमा भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसिर शुक्ल पूर्णिमा र चैतको अष्टमीका दिन विशेष जात्रा हुने गर्दछ ।