यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस् तीन दिनको मौसम

यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस् तीन दिनको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान  जारी गरेको छ । विभागका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ आश्विन २७ गते (बुधबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ आश्विन २८ गते (विहीबार)

दिउँसो: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि  अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि  अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती  प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

२०७८ आश्विन २९ गते (शुक्रबार)

दिउँसो: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि  अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि  अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।