सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न उपराष्ट्रपति पुनको ध्यानाकर्षण

दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त

धनगढी खबर    

सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न उपराष्ट्रपति पुनको ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ठूलो मानवीय क्षति हुने गरी दुई दिनको अन्तरालमा कर्णालीको मुगु र गण्डकीको कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

दसैँ मनाउन गाउँ फर्किरहेका ३२ जना मुगु निवासीहरुको दुर्घटनामा निधन भएको र दसैँ विदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गइरहेका काठमाडौंका विद्यार्थीसहित ८ जनाको कास्कीमा सडक दुर्घटनामा निधन भएकोमा उपराष्ट्रपति भएका हुन्। 

उपराष्ट्रपतिले दुवै दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरे। उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षणसमेत गराए। बढ्दो सडक दुर्घटनाप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले मुगु लगायतका पछिल्ला सडक दुर्घटनाको उचित छानवीन गरी सो छानवीन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराए।  -नयाँ पत्रिकाबाट



बुधबार २७, असोज २०७८ ०९:४४ मा प्रकाशित

#उपराष्ट्रपति

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस