हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति चिनियाँ राष्ट्रपति सीद्वारा आह्वान

हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति चिनियाँ राष्ट्रपति सीद्वारा आह्वान

बेइजिङ| चिनियाँ राष्ट्रपति सी चिनफिङले हरित अन्तरराष्ट्रिय सहयोगलाई बढाउदैँ यसको लाभ सबै देशहरू माझ बाँड्न जरुरी रहेको बताएका छन्। 

राष्ट्रपति सीले बेइजिङमा मङ्गलबार भिडियो लिंक मार्फत जैविक विविधता सम्बन्धि महासन्धि पक्षहरूको सम्मेलनको १५ औं बैठकका नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्।

राष्ट्रपति सीले उक्त अवसरमा  पारिस्थितिक सभ्यताको विकासलाई मानव र प्रकृति बीचको सम्बन्धलाई समन्वय गर्न एक मार्गदर्शक सिद्धान्तका रुपमा लिनुपर्ने बताएका छन्। -सिन्ह्वा