अष्टमीका दिन बैतडीमा ४२४ रांगा र ३ सय बढी बोकाको बलि

अष्टमीका दिन  बैतडीमा  ४२४ रांगा र ३ सय बढी बोकाको बलि

बैतडी ।  बैतडीमा अष्टमीका दिन ४२४ रांगाको बलि चढाइएको छ। बैतडीको प्रशिद्ध निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौंमा बुधबार परेको अष्टमीका दिन ३ सय ३० रांगाको बलि चढाइएको हो भने, मेलौलीमा ९५ रांगाको बलि चढाइएको छ। यो सँगै प्रत्येक वर्ष असोज अष्टमीका दिन लाग्ने मेला बुधवार सम्पन्न भएको छ। 

मनोकाक्षां पुरा हुने जनविश्वसका साथ भक्तजनहरुले रांगाको बली चढाउने गरेका छन्। रांगासँगै ३ सय २० बोकाको पनी बलि भढाइएको उक्त क्षेत्रका स्थानीय जनाएका छन्। 

सुदूरपश्चिमकै सबैभन्दा बढी बलि दिइने निंगलाशैनी भगवतीको मन्दिरमा मेला हेर्नका लागि बैतडीसहित प्रदेशका विभिन्न जिल्लाहरु सँगै भारतको पिथौरागढबाट समेत दर्शनार्थीहरु आउने गरेका छन्।