धनगढी र अत्तरिया बजार, बस पार्क क्षेत्रमा तालिम प्राप्त कुकुर सहित ड्रोन क्यामराबाट चेकजाँच

धनगढी र अत्तरिया बजार, बस पार्क क्षेत्रमा तालिम प्राप्त कुकुर सहित ड्रोन क्यामराबाट चेकजाँच

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढी र स्थायी राजधानी अत्तरिया बजार सहित बस पार्क क्षेत्रमा तालिम प्राप्त कुकुर सहित ड्रोन क्यामराबाट चेकजाँच गरिएको छ ।

No description available.

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल प्रहरीका तालिम प्राप्त कुकुर तथा ड्रोनबाट अत्तरिया, धनगढी बजार र बस पार्क क्षेत्र वरपर चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए । 

No description available.

नेपालीहरूको महान् चाड विजया दशमी, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कैलाली द्वारा तयार पारिएको सुरक्षा योजना २०७८ अनुरूप नेपालीहरूको महान् चाड बडा दसैँ, तिहार तथा छठ पर्वमा यस जिल्लाको सुरक्षा व्यवस्थालाई त्रुटि रहित, भरपर्दो, विश्वसनीय र मजबुत बनाई जनजीवनलाई सुखमय बनाउनुका साथै जनताहरूलाई पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिलाउन भन्दै अवैध क्रियाकलाप रोक्नका लागि  धनगढी स्थित बसपार्क, ट्राफिक चौराहा, गोदावरी नगरपालिका को अत्तरिया बजार लगायतका स्थानहरूमा चेकजाँच र बजार क्षेत्र, बसपार्क क्षेत्रमा सुरक्षा ब्यबस्था कडा पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

No description available.