साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने

काठमाडौँ । साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् ।

बुधबार भएका खेलमा भारत र नेपाल शीर्ष दुईमा रहँदै उपाधि नजिक पुगेका हुन् । 

बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोलले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।बुधबार नै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो ।

फाइनलमा नेपाललाई भारतसँग बदला लिने अवसरसमेत हुनेछ । राउण्ड रोबिङ लिग अन्तरगत पहिलो खेलमा नेपाल भारसँग १-० ले पराजित भएको थियो । अहिलेसम्म साफ फुटबलमा सात पटक च्याम्पियन बनेर सर्वाधिक सफल टिम रहेको भारतलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । तथापि जितका लागि खेल्ने प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले जनाएका छन् ।

फाइनल खेल आइतबार अपराह्न ४:४५ बजे हुनेछ ।