मोटरसाइकल दुर्घटनामा परि कैलालीमा १ जनाको मृत्यु , २ घाईते

मोटरसाइकल दुर्घटनामा परि कैलालीमा १ जनाको मृत्यु , २ घाईते

कैलालीको आमबगीया भन्ने ठाँउमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका –२ आमबगीयामा से २ प ५९५२ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ मोटरसाइकल चालक गौरीगंगा –१ का २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भिर घाईते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । सोही दुर्घटनामा परेर २ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय हरि चौधरी र २२ वर्षीय डबल बोहोरा रहेको प्रहरीले जनाएको छ ।

 मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ ।