स्वास्थ्यका मापदण्ड अपनाएर चाडपर्वमा खुसीयाली साँटासाँट गर्न मुख्यमन्त्री भट्टको अपिल

स्वास्थ्यका मापदण्ड अपनाएर चाडपर्वमा खुसीयाली साँटासाँट गर्न मुख्यमन्त्री भट्टको अपिल

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले विविधता रहेकाे समाजमा दशैं तिहार जस्ता चाँडपर्वले एकताकाे सुत्रमा बाँध्न सहयाेग पुग्ने गरी मनाउन आग्रह गरेका छन् । बडा दशैं २०७८ काे अवसरमा शुभकामना सन्देश दिंदै मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।

स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशबासीलाई सुख शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तराेत्तर प्रगतिकाे कामना गर्दै भट्टले शुभकामना सन्देशमा भनेका छन्- ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसंस्कृतिक विविधताले भरिपुर्ण सुदूरपश्चिम प्रदेशबासीलाई दशैं तिहार जस्ता चाँड पर्वले एकता र बन्धुत्वकाे सुत्र बाँध्न सहयाेग गराेस् ।’

यस वर्ष पनि काेभिड-१९ का कारण चाँडपर्व सहजरुपमा मनाउने अवस्था नरहेकाे भन्दै उनले सजकतासाथ स्वास्थ्यसम्बन्धिका मापदण्ड अपनाएर चाँडपर्वमा खुशियाली साँटासाँट गर्न अपील गरेका छन् ।

No description available.