नहरमा डुबेर कञ्चनपुरमा एक बालकको ज्यान गयो

नहरमा डुबेर कञ्चनपुरमा एक बालकको ज्यान गयो

कञ्चनपुर | कञ्चनपुरमा एक बालकको नहरमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका -१ हात्तीथलाका १२ वर्षीय शितल बोहरा रहेका छन्।

महाकाली सिँचाइ तेस्रो परियोजनाको निर्माणाधिन नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।