चाडपर्वलाई लक्षित गरी आज साँझ देखी कञ्चनपुरमा मदिरा बेचबिखनमा रोक

चाडपर्वलाई लक्षित गरी आज साँझ देखी कञ्चनपुरमा मदिरा बेचबिखनमा रोक

कञ्चनपुर । चाडपर्वलाई लक्षित गरी बिहिबार साँझदेखी कञ्चनपुरमा मदिरा बेचबिखनमा रोक लगाईएको छ । 

नेपालीहरुको महान पर्व दशैतिहारका समयमा मदिराकै कारण हुने हिंसात्मक गतिविधि रोक्न सर्वपक्षीय बैठकबाट जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

प्रशासनले असोज २८ गते साँझ ७ बजेदेखि विजया दशमीको राति १२ बजेसम्म मदिरा बेचविखन र सेवनको कार्यमा रोक लगाएको छ । 

भने तिहारमा कात्तिक १९ गते साँझ ७ बजेदेखि भाइटीकाको दिनको राति १२ बजेसम्म बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय गरिएको छ । 

चाडपर्वका बेला मदिरा सेवनबाट हुने हिंसात्मक गतिविधिहरु हुन नदिन मदिरा नियन्त्रणमा रोक लगाईएको महिला सञ्जाल तथा मदिरा नियन्त्रण समिति कञ्चनपुर अध्यक्ष भगवती थापाले बताइन् ।

उनले चाडपर्वका बेला मदिरा बिक्री–वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झै–झगडा हुने, दुर्घटना निम्तिने र महिलामाथि हिंसालगायतका घटना हुने भएकाले यस्तो निर्णय गरिएको बताईन । 

मदिरा बिक्री–वितरण र सेवनमा रोक लगाउनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमार्फत सवै प्रहरीका ईकाइमा पत्राचार गरीसकेको बताइएको छ ।