दशैँको अवधीमा सुदूरपश्चिममा मात्रैआधा दर्जनको मृत्यु ४ दर्जन घाइते

दशैँको अवधीमा सुदूरपश्चिममा मात्रैआधा दर्जनको मृत्यु ४ दर्जन घाइते

धनगढी । दशैँको अवधीमा सवारी दुर्घटना बढेका छन् । दशैँको अवधीमा सुदूरपश्चिममा मात्रै आजसम्म ८ जनाको मृत्यु भइसकेको छ भने चार दर्जन घाइते छन् । असोज २५ गते मात्रै अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने जना घाइते भएका थिए।

असोज २३ गते कञ्चनपुरको बेलौरीमा मोटरसाइकल दुर्घटनामा हुँदा ३२ वर्षीय रत्न शाहीको मृत्यु भएको थियो भने,असोज २६ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका राजीपुरमा विङ्गरले मोटरसाइकललाई टक्कर दिँदा १५ जना घाइते भएका छन् ।

असोज २६ गते अर्थात फूलपातीको दिन धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुराको राइमा ब्रेक फेल भएर १० जना घाइते भए। बुधबार मात्र बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २३ वर्षीय योगेश पालको मुत्यु भएको छ। २३ गते धनगढी–अत्तरिया ६ लेन सडकमा राखिएको डिभाइडरमा मोटरसाइकल ठोक्किएर हसनपुरका २६ वर्षीय दिमेश सिंहको मृत्यु भयो। यस्तै २७ गते कैलालीको गौरीगंगा नगरपालिका २ आमबगीयामा मोटरसाइकल दुर्घटना हुँदा गौरिगंगाकै लक्ष्मण चौधरीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय हरि चौधरी र २२ वर्षीय डबल बोहोरा घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सञ्चालन गरेको भएपनि सवारी दुर्घना भने नियन्त्रणबाहिर देखिएको छ। मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने अवस्थाका कारण चाडपर्वमा दुर्घटना तुलनात्मक रुपमा बढी हुने गरेको ट्राफिक प्रहरीको भनाई छ। पहाडी जिल्लाका लागि छुट्ने सवारी साधनको गति र मापसे चेकजाँचका लागि गोदावरीमा विशेष चेकजाँचको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रमुख बामदेब गौतमले बताए। पहाडी जिल्लामा जाने सवारीसाधनको चेकजाँच गोदावरीमा कडाईका साथ लागु गरेका छौँ, टाइम कार्ड नै जारी गरेर गति मापन गर्ने काम समेत भइरहेको उनले बताए ।

निरन्तर ८ घण्टासम्म मात्र सवारी चलाउन पाउने व्यवस्था गरेको छ। तर, लामो दूरीका चालकले लगातार १२र१४ घण्टासम्म सवारी चलाउने गरेका छन्, जसको अनुगमन र नियन्त्रण नै हुँदैन।