दसैँमा पनि सोचेजस्तो व्यापार नहुँदा धनगढीका व्यवसायीहरू चिन्तित

दसैँमा पनि सोचेजस्तो व्यापार नहुँदा धनगढीका व्यवसायीहरू चिन्तित

धनगढी । दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा धनगढीका व्यवसायीहरू चिन्तित भएका छन् । नेपालीहरूको सबैभन्दा ठुलो चाडको बेलामा समेत धनगढीका बजारमा चहल–पहल नभएको र सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरू चिन्तित देखिएका हुन् ।

चाडपर्वमा किनमेल गर्न सीमावर्ती भारतीय बजार जाने नेपालीहरू बढेसँगै धनगढी बजारको व्यापार घट्न थालेको हो । भारतीय सीमावर्ती वन गाउँमा भने नेपाली ग्राहकको भीड बढेको छ । विगतमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरेको धनगढी बजारमा कोरोना महामारीपछि व्यवसाय र बन्द व्यापार फस्टाउन नसकेको  व्यापारी मदनकृष्ण भट्टले बताए ।

यस्तै धनगढीमै व्यवसाय गर्दै आएकी रमा भण्डारीले पनि यसबर्ष पहिलेको जस्तो चहल पहल नभएका बताइन् । विगतका चाडपर्वमा हुने व्यापार भन्दा ५० प्रतिशत भन्दा कमीले व्यापार भइरहेको व्यापारी बताउँछन्  । धनगढीमा करिब आठ वर्षबाट कपडाको व्यापार गर्दै आएकी शान्ती खत्रीले पनि यस वर्ष सोचे जस्तो व्यापार गर्न नपाएको बताइन् ।