बैतडी । बैतडीमा दुई हजार २ सय भन्दा बढी पशुको बली दिइएको छ। घटस्थापना देखि बली दिन सुरु गरिएकोमा नवमी सम्म २२ सय बढी पशुहरुको बली दिइएको छ। सबै भन्दा बढी निङ्लाशैनी भगवती मन्दिरमा पशुबली दिइएको छ।
निङ्गलाशैनी मन्दिरमा तीन सय २९ रांगाको र घटस्थापनादेखि महाअष्टमीका दिनसम्म १ हजार ५ सय बोकागरी १८ सय २९ पशुको बली दिइएको छ। मेलौली भगवती मन्दिरमा पनि ९५ राँगा र एक सय ४४ बोका गरी २ सय ३९ पशुको बली दिइएको छ।
जिल्लाको पाटन ६ स्थित उदयदेव मन्दिरमा पनि ३५ राङ्गा र ५ वटा बोकागरी ४० पशुको बली दिइएको मेला ब्यवस्थापन समितिका संयोजक करन कठायतले जानकारी दिए। त्यसैगरी शिवनाथ गाउपालिका ५ मा रहेको उदयदेव मन्दिरमा पनि ५१ राङ्गा र ५१ बोका गरी १ सय २ राङ्गाको बली दिइएको शिवनाथ गाउँपालिकाका अधयक्ष कर्ण सावँदले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी पशुबली बैतडीमा दिइने गर्दछ। मेला लाग्ने मन्दिर परिसर र बजार क्षेत्रहरुमा मदिरा बिक्रिबितरण र सेवनमा पुर्णरुपमा रोकब लगाइएको थियो। सोहि अनुरुपमा मेला सब्य र भब्य तरिकाले सम्पन्न भएको सम्बन्धित मेला ब्यवस्थापन समितिले जनाएको छ।