कञ्चनपुरमा झण्डै ३ लाख नगदसहित जुवाडे पक्राउ

कञ्चनपुरमा झण्डै ३ लाख नगदसहित जुवाडे पक्राउ

कञ्चनपुर | कञ्चनपुरमा झण्डै ३ लाख नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन्। 

जिल्लाको भीमदत्त नगरपालिका–४, भाँसी बस्ने भुवन साउदको घरमा तास खेलिरहेको अवस्थामा नौँ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उक्त घरमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद दुई लाख ९८ हजार एक सय रुपैयाँ र ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।