कैलालीका खसी बोकाको माग पोखरा र काठमाडौँमा

कैलालीका खसी बोकाको माग पोखरा र काठमाडौँमा

कैलाली | कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापाले यसपालि आफ्नै खोरमा पालेका नौ गोटा खसी र १२ बोका बिक्री गरे। काठमाडौँ र पोखराबाट आएका व्यापारीसँग खोरमै उचित मूल्यमा खसी बोका बेच्न पाउँदा उनी खुशी मुद्रामा थिए।

“पछिल्ला वर्षमा माग बढेसँगै पोखरा र काठमाडौँका व्यापारीले खोरमै पुगेर खसी बोका खरिद गरेर लैजान थालेका छन”, धनगढीमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिएका थापाले भने, “यसले बाख्रापालन गर्ने किसानमा यो व्यवसायप्रति हौसला बढेको छ।” 

चुरे गाउँपालिकामा एउटै खोरबाट कम्तीमा पनि ३५ गोटासम्म खसी बोका बिक्री गर्ने किसान रहेको बताइएको छ। धनगढी अत्तरियालगायतका सहरी क्षेत्रमा भने खसी बोकाको माग पहिलेको जति नहुने गरेको बताइएको छ।

अर्का व्यापारी लोकबहादुर बोहराले बलि दिने परम्परामा कमी आउँदा धनगढी अत्तरियालगायतका क्षेत्रमा खसी बोकाको माग पहिलेको जस्तो नभएको अनुभव सुनाए।