धनगढीमा दसैँको टीका लगाउन आफन्तकोमा गएका बेला एक घरबाट गरगहना चोरी

धनगढीमा दसैँको टीका लगाउन आफन्तकोमा गएका बेला एक घरबाट गरगहना चोरी

धनगढी । धनगढी उप-महानगरपालिका–२ सन्तोषी टोलका भरतबहादुर देउवाको घरमा शुक्रवार दिउँसो चोरी भएको छ। दसैँको टीका लगाउन आफन्तकोमा गएका बेला  सुनका गरगहना र नगद चोरी भएको हो। 

घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भई नसकेको प्रहरीले जनाएको छ।  साथै चोर पत्ता लगाउन प्रहरीले विभिन्न संयन्त्रको प्रयोग गरिरहेको जनाएको छ ।