सुदूरको समृद्धिको बाधक नै बेरोजगारी, भारतबाट फर्केका केही प्रतिशतलाई रोजगारी दिने वातावरण बन्दैछ : जोशी

सुदूरको समृद्धिको बाधक नै बेरोजगारी, भारतबाट फर्केका केही प्रतिशतलाई रोजगारी दिने वातावरण बन्दैछ : जोशी

धनगढी। सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिको प्रमुख बाधक नै बेरोजगारी रहेको प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारकी प्रवक्ता पुर्णा जोशीले बताएकि छिन् । विशेष गरेर हाम्रो प्रदेशमा उद्योगधन्दा, कलकारखानाको विकास हुननसकेका कारण पनि बेरोजगारी ठूलो समस्याका रूपमा जरा गाडेर बसेको उनले बताइन् ।

उनले भनिन ‘शैक्षिक आँकडामा पनि अरू प्रदेशको तुलनामा सुदूरपश्चिम पछाडि भएकोले स्वभावैले शिक्षाको स्तर न्यून भएर पनि बेरोजगारी समस्या हुने नै भयो । आम रूपमा नेपालकै समस्याका रूपमा रहेको बेरोजगारी सुदूरपश्चिमको प्रमुख समस्या हो भन्ने मलाई लाग्छ ।’

विगतदेखि नै सिंहदरबारको आँखाले सुदूरपश्चिमलाई सुदूर भनेर हेरेको तथ्य यथार्थ हो उनले भनिन् ‘यहाँ तत्कालीन सरकारले अवसरहरूको सिर्जना गरेन । फलस्वरुप मानिसहरू पेट पाल्नका निमित्त, गुजारा गर्नका निमित्त भारतमा आश्रित भए । सक्नेहरूले त्यहीं आफ्ना बालबच्चाहरूलाई शिक्षा–दीक्षा दिने अवसर पनि प्राप्त गरे ।’

जोशीले यही वर्षभित्र धेरै युवाले प्रदेशभित्र रोजगारीका अवसर पाउने दावी गरिन् । १४/१५ वर्षको कलिलो उमेरमा भारत पस्नुपर्ने बाध्यता केही हदसम्म हट्ने बिश्वास उनले लिएकि छिन् ।

मानिस नेपाल फर्किएनन् । अर्को कुरा भनेको कतिपय मानिस सिजनल कामको लागि भारत जान्छन् । उनले भनिन् ‘एकखालको सम्बन्ध बनाइसकेपछि खेतीपाती गर्न स्वदेश फर्केर फुर्सदको समयमा भारत जाने प्रचलन नै बन्यो । भिसा लगायतको प्रबन्ध पनि नभएको कारणले भाषा संस्कृति मिल्ने, सहजै काम पाइने भएकाले भारततिर जान थाले । सुदूरपश्चिममा पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना नभइसकेकोले स्वभावैले मानिसहरू त्यहाँ जान्छन् ।’