राष्ट्रपति भण्डारीद्वारा आमा र गुरुको हातबाट टीका जमरा ग्रहण

राष्ट्रपति भण्डारीद्वारा आमा र गुरुको हातबाट टीका जमरा ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंको टीका ग्रहण गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा आमा र गुरुबाट बडा दसैंको टीका ग्रहण गरेकी हुन् ।

आमा मिथिला पाण्डे र गुरु खेमराज ढकालको हातबाट राष्ट्रपति भण्डारीले शुभ साइतमै टीका, जमरा र आशीर्वाद ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंको शुभकामना सन्देश जारी गर्दै आपसी सद्भाव र हार्दिकता बढोत्तरी हुने कामना व्यक्त गरेकी थिइन् ।