पछिल्लो २४ घण्टामा २ सय ७२ जना कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा २ सय ७२ जना कोरोना सङ्क्रमित थपिए

काठमाण्डाै | पछिल्लो २४ घण्टामा २ सय ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४ हजार ७ सय १२ नमूना परीक्षण गर्दा २ सय ७२ जनामा संक्रमण भेटिएको हो ।

यस्तै, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको ज्यान गएको छ भने ७ सय ७७ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर अहिले १३ हजार ३ सय ८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।