थारु समुदायको दसैँमा सेतो टीका र मकैको जमरा

थारु समुदायको दसैँमा सेतो टीका र मकैको जमरा

दाङ । जब-जब दशैं नजिकिन्छ । दाङसहित पश्चिम नेपालको तराइ जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीनादिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोउल्लास भइदिन्छ।

यद्यपी कोभिड संक्रमणका कारण पहिलेजस्तो रौनक भने यस वर्ष छैन। तथापी थारु समुदायमा दशैं अर्थात दश्‍याको उत्साह घटेको छैन । दशैंको नवौदिन थारु समुदायको बाहुल्यता रहेको दाङ, बाँके, बार्दिया, कैलाली, कञ्चजपुर र सुर्खेत जिल्लामा आफ्नै मौलिक परम्परासहित यो समुदायले हर्षोउल्लासहले दशैं मनाउँछन् ।

हिन्दुधर्म झै थारु समुदायले दशै मनाउने भएपनि उनीहरुको आफ्नै मौलिक संस्कृति, परम्परा र धार्मिक अनुष्ठा अनुसार नवौंदिनमा सेतो टीका र जमरा लगाएर दशैं मनाउने गर्दछन् ।

दशैलाई ‘दश्‍या’ भनेर मनाइने यो पर्व थारु समुदायको माघी र अट्वारी पछिको अर्को ठूलो पर्व हो । यसका आफ्नै मौलिक संस्कृति छन् । थारु समुदायले दशैलाई हिन्दुधर्मालम्बी झै दुर्गाले माताले १०औं दिन राक्षकमाथि विजय गरेको दिनका रुपमा मनाउँदैनन् ।

बरु यो पर्वमा थारु समुदायले आफ्ना कुलदेउतालाई पुज्दै पुर्खा र पितृको सम्झना गर्छन् । पितृलाई प्रसाद चढाउन् । महीना दिनभर आफ्नै मौलिक नाँच सखिया नाँच्दै नवमीको दिन गाउँमा सामूहिक रुपमा टीका लगाएर आफ्नै संस्कृति र पम्पराका अनुसार यो समुदायले ‘दश्‍या’ अर्थात दशैं मनाउँछन् । -अनलाईनखबरबाट साभार