आईपीएल २०२१ : चौथो पटक च्याम्पियन बन्यो धोनीको चेन्नई सुपर किङ्स

आईपीएल २०२१ : चौथो पटक च्याम्पियन बन्यो धोनीको चेन्नई सुपर किङ्स

दुबई |  अनुभवी क्रिकेटर महेन्द्र सिंह धोनीको नेतृत्वमा चेन्नई सुपर किङ्सले पुन: एक पटक इन्डियन प्रीमियर लीग (आईपीएल) को उपाधि जितेको छ ।

चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चौथो पटक आईपीएलको उपाधि जित्न सफल भएको हो ।

आईपीएल २०२१ को फाइनल प्रतिस्पर्धामा चेन्नई सुपर किङ्स तथा कोलकाता नाइट राइडर्सबीच रोमाञ्चक भिडन्त भएको थियो ।

खेलमा त्यस्ता धेरै क्षण आए, जब दुबै टीमहरुले प्रतिस्पर्धाको लय आफूतर्फ मोडेका थिए ।

कोलकाता नाइट राइडर्सले उत्कृष्ट सुरुवात गरेको थियो, तर चेन्नईका बलरहरुले यस्तो जादू देखाए, पुरै बाजी नै उल्टियो ।

चेन्नई सुपर किङ्सद्वारा दिइएको १ सय ९३ रनको लक्ष्यलाई पछुयाउने मैदानमा उत्रिएको कोलकाताको टीमले उत्कृष्ट थालनी गर्यो ।

कोलकाताका वेंकटेश अय्यर तथा शुभमन गिलले उत्कृष्ट ब्याटिङ गर्दै ९१ रनको साझेदारी गरे ।
यद्यपि, त्यसपछि जे भयो त्यसले खेलको मुहार नै परिवर्तन गरिदियो ।

११ औं ओभरमा चेन्नई सुपर किङ्सका वेंकटेश अय्यर आउट भएपछि विकेट पतनको श्रृंखला प्रारम्भ भयो ।

११ औं ओभरदेखि प्रारम्भ भएको विकेटको पतनको श्रृंखला लगातार चलिरह्यो ।