मोटरसाइकल दुर्घटनामा परि कैलालीमा १ जन घाइते

मोटरसाइकल दुर्घटनामा परि कैलालीमा १ जन घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका -१२ का २६ वर्षीय करन कुँवर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

उनलाई पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल र सेतीले निसर्ग अस्पताल रिफर गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ। मोटरसाइकल चालक धनगढी १२ कै २२ वर्षीय राम साउँदको पद्मा अस्पतालमा उपचार गरिएको बताइएको छ।