आइतबार सुदूरपश्चिममा सार्वजनिक बिदा

दसैँकै अवसरमा थप एक दिन बिदा

धनगढी खबर    

आइतबार सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी । असोज ३१ गते आइतबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभर भोलि पनि बिदा दिने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको जोशीले बताए । 

संघीय सरकारले यो वर्ष असोज २६ गते मङ्गलवार देखी असोज ३० गते शनिवारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैँ बिदा दिएको थियो। त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो। 



शनिबार ३०, असोज २०७८ ०३:५० मा प्रकाशित

#सार्वजनिक बिदा
Loading...

प्रतिकृया दिनुहोस