बैतडीमा जन्ती बोकेको जीप दुर्घटना

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना

बैतडी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ। जिल्लाको सिगास गाउपालिका १ मा जन्ती बोकेको जीप दुर्घटना भएको हो। 

सुर्नया–८ ढोल्यामोडबाट सिगास–१ खड्क्यौडा जन्ती बोकेर फर्किरहेको से १ ज १७० नम्बरको जीप शुक्रबार राति ८ बजे दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्। घाइतेमध्ये चार जना डडेल्धुरा अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

थप ४ जना घाइतेलाई धनगढी रेफर गरिएको छ। सिगास गाउँपालिका ४ का २० वर्षीय भरतसिह बोहरा, सुर्नया गाँउपालिका ८ का २१ वर्षीय तेज बोहरा, सोही ठाँउका ३० वर्षीय प्रकाश बोहरा र १४ वर्षीय सुशिल बोहरालाई धनगढी रेफर गरिएको खोडपे प्रहरी चौकीका इन्चार्ज ऐनबहादुर पालले बताए। ब्रेक फेल भएर जीप दुर्घटनामा परेको अनुमान गरिएको छ। जीप साडकमै पल्टिएको हो।