सुदूरपश्चिममा आजदेखि 'क्यु फ्री' हटाइयो, पुरानै रुट र समयअनुसार सवारीसाधन सञ्चालन

धनगढी खबर    

सुदूरपश्चिममा आजदेखि 'क्यु फ्री' हटाइयो, पुरानै रुट र समयअनुसार सवारीसाधन सञ्चालन

धनगढी ।  सुदूरपश्चिममा सार्वजनिक सवारीसाधनमा लगाइएको क्यु फ्री हटाइएको छ। तीन दिनसम्म क्यु फ्रीमा सवारी सञ्चालन गरिएकोमा आजदेखि क्यु फ्री हटाइएको हो।

सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि का अध्यक्ष पदम सापकोटाले आजदेखि पुरानै रुट र समयअनुसार सवारीसाधन सञ्चालन भएको बताए । असोज २७ गतेदेखि लामो र २८ गतेदेखि छोटो दूरीमा क्यु फ्रीमा सवारीसाधन स१चालन गरिएको थियो ।

आजदेखि पुरानै तालिकाअनुसार सवारी सञ्चालन भएका छन् । अन्य यातायात प्रा.लि हरुले पनि आजदेखि क्यु फ्री हटेको बताएका छन्। यातायात प्रा.लि हरुले तीन दिनसम्म सवारीसाधन क्यु फ्रीमा छोडेका थिए। क्यु फ्रीमा न्यून सार्वजनिक सवारीका साधन मात्रै सञ्चालन हुँदा तीन दिनसम्म आवतजावतमा निकै सास्ती भएको थियो। 
 



शनिबार ३०, असोज २०७८ ०४:३८ मा प्रकाशित

# सवारीसाधन सञ्चालन #क्यु फ्री

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस