बिहेभोजमा झडप हुँदा कैलालीमा ४ जना घाइते

बिहेभोजमा झडप हुँदा कैलालीमा ४ जना घाइते

कैलाली। कैलालीको चुरे गाउपालिका वडा न ४ बालुवागडाका चार जना युवामाथि शुक्रबार आक्रमण गरिएको छ । सोही ठाउँमा विहेमा सहभागि भएका ती युवामाथि अज्ञात समुहबाट आक्रमण भएको थियो ।

‘हामी विहेमा रमाइरहेका थियौं । अचानक हामीमाथि आक्रमण गरियो’ आक्रमणका कारण घाइते भएका युवा कृष्ण विकले भने –‘ती मानिसलाई हामीले चिनेका छैनौं ।’

अहिले घाइते कृष्णसंगै उनका साथीहरु धनगढीको निसर्ग अस्पतालमा उपचाररत छन । आक्रमणमा परि घाइते हुनेमा चक्र खत्री, महेन्द्र गुरुङ र खगेन्द्र खत्तेडी पनि रहेका छन ।

घाइते चक्रले भने –‘१२ जनासहितका युवाहरु पाच वटा मोटरसाईकलमा आए । हामीमाथि आक्रमण गरे र भागे ।’ 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको बताउदै कुटपिटमा संग्लनको खोजी भइरहेको बताए। प्रहरीका अनुसार बिहेमा सहभागी दुई समूहबीच विवाद भएपछि झडप भएको हो।