नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं।  गत २४ घण्टाभित्र नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कूल एक हजार ७७३ जनाको नमूना परीक्षण गर्दा १४७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १३६ र एन्टिजेन विधिबाट ११ संक्रमित पहिचान भएका थिए।

उक्त अवधिमा कूल एक हजार ४४६ जनाको पीसीआर र ३२७ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो। 

पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर न्यून हुँदै आएको छ। बडा दशैंका कारण कोरोना परीक्षण घटेकाले पनि संक्रमित घट्न पुगेको हो।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यस भएको मन्त्रालयले जानकारी दिएको छ।