धेरै नजिक पुगेर पनि टाढिएकाे साफ जित्ने चाहना

धेरै नजिक पुगेर पनि टाढिएकाे साफ जित्ने चाहना

नेपाली फुटबल टिम साफको उपाधि नजिक पुगेपछि फेरी एकपटक उपाधिबाट बञ्चित भएको छ । फाइनलमा भारतसँग पराजित हुँदै नेपाल पहिलो पटक साफको उपाधि जित्ने लक्ष्यबाट टाढिएको छ । 

माल्दिभ्सको मालेमा पहिलो पटक फाइनलमा पुगेको नेपाली टिम पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएपछि दोस्रो हाफको सुरुवातमा नै एक मिनेटको फरकमा तीन गोल खान पुग्यो । 

यसपटक पनि नेपाली टिम भारतसँग केहि कमजोर देखियो । भारतसँग जित्ने लक्ष्यका साथ उत्रिएको नेपाली टिम अन्तिममा उपाधिबाट केहि बञ्चित भयो । २८ बर्षको साफको उपाधि जित्ने लक्ष्य नेपाल टिमका लागि यसपटक निकै नजिक पुगेर पनि टाढिएको छ । 

फाइनलमा भारत भन्दा नेपालको समर्थक धेरै रहेको खेलमा नेपालले पाएको मौकामा राम्रो गर्न सकेन । जसका कारण नेपाली टिमलाई यसपटक पनि साफको उपाधि उचाल्ने अवसरमा कमजोर बन्यो । 

हुनत नेपाली टिमले यसपटक फाइनलमा स्थान बनाउनु आफैमा ठुलो उपलब्धि हो । तर पनि फाइलनमा जितोस भन्ने चाहना नेपाली समर्थकका थियो ।

खेल सरुहुन केहि घण्टा अगाडी नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुतीरीलाई डगआउटमा बस्न नपाउने भन्ने साफको निर्णयलेपनि टिमलाई केहि घाटा पुगेको अनुमान गर्न सकिन्छ । 

तर साफमा यो पटक जस्तो प्रदर्शन र अवसर नेपाली टिमले पाएको थियो, सायदै त्यो अर्को पटक आउन सक्छ । यो पटक साफका लागि नै भनेर नेपाली टिमले तीन महिनाको तयारी गरेपनि नेपालले सात देखि आठ महिना यसका लागि तयारी गरेका थियो । 

तर अन्तिममा नेपाल साफको उपाधिबाट बञ्चित भएको छ । अब नेपालले साफको उपाधि जित्नका लागि फेरी कति बर्ष कुर्नुपर्ने हो त्यो सबैकाे कौतुहल नै छ ।