६ लेन सडकअन्तर्गत राजपुर चोकमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

६ लेन सडकअन्तर्गत राजपुर चोकमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

धनगढी । कैलालीको धनगढीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। ६ लेन सडकअन्तर्गत धनगढी उप-महानगरपालिकास्थित राजपुर चोकमा बा २ झ १३६२ नम्बरको जीपले लु ७६ प ८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

सो क्रममा मोटरसाइकल चालक धनगढी उप-महानगरपालिका वडा नम्बर ६ का ३६ वर्षीय तिर्थ फुलारा, मोटरसाइकलमा सवार ७० वर्षीय शारदा फुलारा र हिरादेवी शर्मा घाइते भएका छन्। 

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलले रोड क्रस गर्ने क्रममा दुर्घटना भएको हो।