करेन्ट लागेर कैलालीको लम्कीचुहामा एक जनाको मृत्यु

करेन्ट लागेर कैलालीको लम्कीचुहामा एक जनाको मृत्यु

कैलालीको लम्कीचुहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ४ बस्ने जयलाल भण्डारीका छोरा १३ वर्षीय प्रकाश भण्डारीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको हाे।

सोही नगरपालिका ६ स्याउले बस्ने उनकै फुपू बिनु रिमाल जैशीको घरमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको लम्कीचुहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको  प्रहरीले बताएको छ।