कार्तिक १ गते सोमबार देखि सुदूरपश्चिममा सरकारी कार्यालय खुल्ने

कार्तिक १ गते सोमबार देखि सुदूरपश्चिममा सरकारी कार्यालय खुल्ने

धनगढी । सुदूरपश्चिममा सोमबार देखि सरकारी कार्यालय खुल्ने भएका छन्। 

दसैँमा बन्द भएका सरकारी कार्यालय अन्य प्रदेशमा आइतबार देखि नै खुले पनि सुदूरपश्चिममा भने सोमबारबाट मात्रै खुल्ने भएका हुन्।

अन्य प्रदेशमा दसैँ बिदा ३० गतेसम्म मात्रै थियो भने सुदूरपश्चिममा भने प्रदेश सरकारले थप एक दिन अर्थात् आइतबार पनि बिदा दिएको थियो। 

सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो।