बर्षाका कारण अवरुद्ध भएको भिमदत्त राजमार्ग सुचारु

बर्षाका कारण अवरुद्ध भएको भिमदत्त राजमार्ग सुचारु

धनगढी।  सुदूरपश्चिम प्रदेशमा आइतबार रातीदेखि परेको अविरल बर्षाका कारण अवरुद्ध भएको भिमदत्त राजमार्ग सुचारु भएको छ । भीमदत्त राजमार्गको भासु नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो । 

बिहानै राजमार्गमा पहिरो जाँदा यात्रु तथा दर्जनौ सवारीसाधन अलपत्र परेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यलय अत्तरीयाका अनुसार भर्खरै राजमार्ग सुचारु भएको हो ।