लगातार वर्षा हुन थालेपछि सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रह

लगातार वर्षा हुन थालेपछि सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रह

धनगढी ।  आइतबार रातिदेखि कैलालीका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुन थालेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले सर्तकता अपनाउन हुन आग्रह आग्रह गरेको छ । 

जिल्लाका अधिकांश क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ भने पहाडी क्षेत्रमा भइरहेको वर्षाले डुबान, कटान लगायतको जोखि भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै प्रदेशको मध्य तथा चुरे तराई क्षेत्रमा भारी वर्षा मापन भएको र आगामी तीन दिनसम्म थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकोले भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। नदी तटीय क्षेत्र र डुबान हुने क्षेत्रमा बसोबास गर्ने नागरीकलाई सतर्कता अपनाउन आग्रह गरिएको हो।