कैलालीमा नदीको बिच टापुमा फसेका २ जनाको सकुशल उद्धार

कैलालीमा नदीको बिच टापुमा फसेका २ जनाको सकुशल उद्धार

धनगढी : कैलालीमा बाढीले गर्दा नदीको बिच टापुमा फसेका २ जनाको सकुशल उद्धार गरिएको छ ।

जिल्लाको गोदावरी नगरपालिका – ८ स्याउले स्थित खुटिया खोलामा सवा ४ बजेको समयमा बालुवा, ढुङ्गा निकाल्न गएका गोदावरी नगरपालिका वडा –९ बल्मी बस्ने वर्ष ४० का मानबहादुर थापा र उनकी श्रीमती वर्ष ३६ कि रेबु थापाको सकुशल उद्धार गरिएको हो ।

बाढी आई नदीको बिच टापुमा फसेको भनी जानकारी हुनासाथ तत्काल उक्त स्थानमा इलाका प्रहरी कार्यालय माला खेती कैलालीबाट र सशस्त्र प्रहरी बल नं. ४७ गण बनबेहडा, कैलालीबाट संयुक्त रूपमा प्रहरी टोलीले उनीहरूको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।